बझाङमा दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ ।
गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।
आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्नेबित्तिकै उनी बेहोस भइन् ।
बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराउँदा स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भएको र अस्पताल पुर्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो ।
आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएपछि सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन् । रोहिणी स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् । आमाछोरी नै गाउँमा प्रिए थिए ।
१५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमती मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँदा भावविह्वल बनेका छन् ।
सम्बन्धित खबर
काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते
प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै
आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला
डेरामा बस्नेको हत्या आरोपमा घरबेटी पक्राउ
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनाः चालकको मृत्यु, ५ घाइते
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा