मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको जग बलियो बनाउनेभन्दा जनता भड्काउने काममा समय बिताएको भन्दै टिप्पणी गरेका छन्।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो टिप्पणी गरेका हुन्। उनले तीन पटक प्रधानमन्त्री हुँदा संघीयता कार्यान्वयन गर्न भन्दा अन्यत्र ध्यान मोडेको आरोप समेत दाहाललाई लगाएका छन्।
‘सहकारी ठगी प्रकरणलगायतका भ्रष्टाचार काण्ड प्रचण्डजी प्रधानमन्त्री हुँदा किन छानबिन भएन?’ भनेर प्रश्न गर्दै उनले अहिलेको सरकारले कारबाही अघि बढाउँदा भ्रम छरेर जनता भड्काउन काममा दाहाल लागेको बताए। भ्रष्टाचारका घटना छानबिन तथा कारबाही प्रक्रिया अगाडि बढाउने सरकारलाई भ्रष्ट भन्नु नाजायज भएको उनको भनाइ छ। मन्त्र लेखीले भने, ‘यो सरकारले हरेक भ्रष्टाचार काण्ड छानबिन गरी कारबाही अघि बढाउँछ।’
‘प्रहरी ऐन र निजामती कर्मचारी ऐन कार्यान्वयन भएको भए प्रदेश सरकार महबुत हुन्थ्यो,’ उनले भने, ‘प्रदेशहरू मजबुत भए मात्र संघीयताको जग बलियो हुन्छ। प्रदेशहरूलाई अधिकारविहीन बनाएर संघीयता मजबुत हुँदैन।
प्रहरी र कर्मचारी ऐन अहिलेको सरकारले अघि बढाउँदा संघीयता विरोधीको भाष्य निर्माण गर्नु अनुचित भएको मन्त्री लेखीले जिकिर गरे। ‘अधिकार बिनाको सरकार चलाउनुको पीडा र अप्ठ्यारा चलाउनेलाई मात्र थाहा हुन्छ। अहिले मधेस सरकारप्रति नकारात्मक भावना बढ्दै जानुमा ‘अधिकारको अपर्याप्तता’ कारक हो,’ उनले भने, ‘केन्द्र सरकारले अधिकार प्रत्यायोजन नगर्दाको ‘दोष’ प्रदेश सरकारले खेप्नु परिरहेको छ।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण