पोखरा । कास्कीको मादी गाउँपालिकामा माघे संक्रान्तीको अवसरमा लाग्ने मेलाको तयारी तीब्र पारिएको छ ।
बराल डाँडा भगबती बजार माघे संक्रान्ती मेलाका लागि आवस्यक तयारी तीब्र गतिमा गरिएको आयोजक बराल डाँडा तमु समाज सेवा समितीका अध्यक्ष चुम प्रसाद गुरुङ्गले जानकारी दिए । मादी नदीका किनारमा अवस्थित भगवती मन्दिर परिसरमा यो मेला पौराणिक कालदेखि लाग्दै आएको छ ।
विशेष गरी उक्त दिन मादी नदिमा स्नान गरि भगवती मन्दिरको अराधना गर्ने, उपवास बस्ने गरिन्छ । उक्त क्षेत्र र कास्की, लमजुङ्ग तथा तनहुँका मानिसहरुले भगवती देवीलाई विशेष महत्वका साथ लिने गर्दछन् ।
मेलाको अवसरमा माघ १ गते देखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ । मेलामा राष्ट्रिय कलाकार लोक गायक चिज गुरुङ्ग, निर्जला गुरुङ्ग, जिवन दाहाल, मधु थापा मगर लागायतको उपस्थिति रहने आयोजक मध्ये बराल डाँडा युवा क्लवले जानकारी दिएको छ ।
प्रतियोगितामा भलिबल तर्फ प्रथम पुरस्कार रु एक लाख तथा द्वितीय पुरस्कार साठी हजार तथा छेला च्याम्पियन लाई रु २० हजार पुरस्कार राखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो