पोखरामा नेपाली प्रशिक्षकले स्काई डाइभिङ सुरु गरेका छन् । विभिन्न मुलुकमा स्काइ डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाले स्काई डाइभिङ थालेका हुन् ।
यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउने छन् । सिम्रिक एयर र इन स्काइ डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन् ।
शुक्रबारदेखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काइ डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यस अवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी २ प्याकेज बनाएको थापाले बताए ।
भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए । विदेशीलाई भने थप ५ हजार लाग्ने उनले बताए ।
स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौरूकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् ।
माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशीष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् ।
सम्बन्धित खबर
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कास्कीको कपुचे ताल
नेपालमा सन् २०२४ मा भित्रिए साढे एघार लाख पर्यटक
पर्यटकीय राजधानीको सडक, ताल र किनारमा महोत्सवको रौनक
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा