पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी रहेका छन् । बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरू जारी रहे ।
बन विज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन विहीबार विद्यालय फुटबलतर्फ रेन्बो एकेडेमी, एसओएस हर्मन माइनर, वेलनन एकेडेमी र हावर्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।

फाइनल प्रवेशका लागि रेन्बोले एसओएस र वेलननले हावर्ड एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ । हावर्डले गोल्डेन फ्युचर, रेन्बोले थ्री एन्जल्स, एसओएसले विभूति शिक्षा सदन, वेलननले नेपाल भारत मैत्री विद्यालय र हावर्डले मेरीगोल्डलाई पराजित गरेको थियो ।
पुरुष फुटबल अन्तर्गत प्रतिभा टोल, संगम टोल र फलेपाटन टोल विकास संस्था विजयी भएका छन् ।

प्रतिभाले शिवशक्ति टोल विकास संस्था, संगमले ठूली मजुवा युवा क्लब, फलेपाटनले गण्डकी रिभर साइड युवा क्लबलाई पराजित गरेको हो ।
महिला भलिबलतर्फ जनजागृति आमा समूह र एकता समूह फाइनलमा पुगेका छन् । जनजागृति आमा समूहले चेतना महिला कृषक समूह र एकता आमा समूहले संगम टोल महिला समूहलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।

पुरुष भलिबलको उपाधिका लागि चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँटोल विकास संस्था भिड्ने भएका छन् । चन्द्रसूर्य क्लबले गलेश्वर युवा क्लबलाई पराजित गरेको हो भने तल्लो नयाँगाउँले आदर्श टोल विकास संस्थालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने महोत्सव संयोजक आशिष भण्डारीले जानकारी दिए ।
यसैगरी, ब्याडमिन्टनका खेलहरू पनि जारी रहेको छ । सिंगल र डबल्सतर्फ विभिन्न खेलहरु सञ्चालन भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ