अर्जुनचौपारी गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहिबार गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका खोप दिने स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।
यहि माघ २२ देखि २५ गतेसम्म पालिकामा सञ्चालन हुने खोप अभियानमा यहाँका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर नेपालीले जानकारी दिए । कक्षा – ६ देखि १० सम्मका छात्राहरु साथै लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरु गरी अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जनालाई खोप लगाइने प्रमुख नेपालीले बताए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि पालिकाका ९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइने उनले बताए ।
अहिले यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा पुगेर माघको २२, २३, २४ र २५ गते खोप दिइने र लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुलाई परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा र अन्त्यमा यहाँका ६ वटै स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख नेपालीको भनाइ छ ।
जिल्लाका ११ वटै स्थानीय तहले समेत आफ्ना स्वास्थ्यकर्मी, स्वयंसेवक तथा खोप कार्यकर्तालाई खोपसम्बन्धी अभिमुखिकरण गर्दै आएका छन् । यद्यपि, यसअघि प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले विभिन्न ग्रुपमा विभाजन गरी सरोकारवालाहरुलाई जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम गरिसकेको छ ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला