पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी रहेका छन् । बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरू जारी रहे ।
वन विज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन बिहीबार विद्यालय फुटबलतर्फ रेन्बो एकेडेमी, एसओएस हर्मन माइनर, वेलनन एकेडेमी र हावर्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।
फाइनल प्रवेशका लागि रेन्बोले एसओएस र वेलननले हावर्ड एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ । हावर्डले गोल्डेन फ्युचर, रेन्बोले थ्री एन्जल्स, एसओएसले विभूति शिक्षा सदन, वेलननले नेपाल भारत मैत्री विद्यालय र हावर्डले मेरीगोल्डलाई पराजित गरेको थियो ।
पुरुष फुटबल अन्तर्गत प्रतिभा टोल, संगम टोल र फलेपाटन टोल विकास संस्था विजयी भएका छन् ।
प्रतिभाले शिवशक्ति टोल विकास संस्था, संगमले ठूली मजुवा युवा क्लब, फलेपाटनले गण्डकी रिभर साइड युवा क्लबलाई पराजित गरेको हो ।
महिला भलिबलतर्फ जनजागृति आमा समूह र एकता समूह फाइनलमा पुगेका छन् । जनजागृति आमा समूहले चेतना महिला कृषक समूह र एकता आमा समूहले संगम टोल महिला समूहलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।
पुरुष भलिबलको उपाधिका लागि चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँटोल विकास संस्था भिड्ने भएका छन् । चन्द्रसूर्य क्लबले गलेश्वर युवा क्लबलाई पराजित गरेको हो भने तल्लो नयाँगाउँले आदर्श टोल विकास संस्थालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने महोत्सव संयोजक आशिष भण्डारीले जानकारी दिए ।
यसैगरी, ब्याडमिन्टनका खेलहरू पनि जारी रहेको छ । सिंगल र डबल्सतर्फ विभिन्न खेलहरु सञ्चालन भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु