पोखरा । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कास्की प्रहरीको अनुसन्धान पश्चात् सहकारी वकिल कार्यालय कास्कीले विरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध कसूर) मा मुद्दा दर्ता गराएको थियो ।
बिहीबार दोस्रोपटक पक्राउ परेका भुसाल विरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीमा शुक्रबार नै बयान गराएर थुनछेक बहस गरिएको हो ।
सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो । प्रहरी कन्ट्रोल रूममा रहेका प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेको अभियोजन पत्रमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्याउने, गोपनियता भंग हुने सामग्री प्रकाशन गरी विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर सुरक्षामासमेत प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।
एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था अनुरूप यही व्यवस्थाअनुसार भुसाललाई कारबाही गर्न सरकारी वकिलको कार्यालयले अदालतमा मागदाबी गरेको छ ।
प्रतिवादी भुसालको साथबाट बरामद भएको मोबाइल र सिमकार्डसमेत परीक्षणको लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको हुँदा त्यसको रिपोर्ट प्राप्त नभएकाले पछि पेश गरिने अभियोजन पत्रमा उल्लेख छ ।
भुसाल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए । यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
सम्बन्धित खबर
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा