पोखरा । सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएर असन्तुष्टि व्यक्त गरेका छन् ।
कास्कीका ३५ शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका हुन् ।
२०७५ चैत ४ गतेपछि स्थायी भएका शिक्षकहरुले अध्यादेशमा असहमति जनाउँदै राजीनामा पेस गरेका हुन् । शिक्षकहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्तविपरीत भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको उनीहरुको आरोप छ ।
शिक्षकलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्न सरकार उद्यत भएको महसुस भएको अन्नपूर्ण गाउँपालिका-९ कास्कीस्थित भगवती माध्यमिक विद्यालयका शिक्षक कृतिराज ढकालले बताए ।

सहभागी शिक्षकले सरकारले गरेको निर्णयबाट पर्ने आर्थिक र मानसिक मर्का सहन नसकी सामूहिक राजीनामा पेस गरेको बताए ।
सामूहिक राजीनामा बुझ्दै कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा-पत्र सम्बन्धित निकायमा पठाउने सुनाए । शिक्षकको सही मागप्रति सधैं शिक्षककै पक्षमा रहेको उनको भनाइ थियो ।
सम्बन्धित खबर
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा