पोखरा । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।
अबदेखि ट्रायल दिँदा मारुती कम्पनीको अल्टो कार र मोटरसाकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डिओ स्कुटर, टिभिएस एन ट्रक स्कुटर र रेडियन मोटरसाइकलबाट समेत दिन सकिने भएको छ ।
ग्राहकको माग मध्यनजर गर्दै पोखरामा ट्रायल परीक्षाका लागि सवारीसाधन व्यवस्थापन गर्दै आएको सनराइज ड्राइभिङ स्कुलले सो सुविधा दिएको हो ।
ड्याटसन, यामाहा मोटरसाइकल, स्कुटरलगायत मारुती कम्पनीको अल्टो कार र मोटरसाइकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डिओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाइकललगायत साधनबाट ट्रायल दिन र तिनै साधनबाट सिक्न सकिने व्यवस्था मिलाइएको सनराइजका अध्यक्ष वसन्त भट्टचनले बताए ।
यो कम्पनीले पोखराको नयाँबजार, पोखरा रंगशाला रंगशाला गेटअगाडि, फूलबारी र बिरौटा शाखाबाटै उक्त सुविधा दिएको हो ।
नयाँ प्रविधि भएका र नयाँ मोडलका सवारीसाधन आवश्यक भए पनि हालसम्म पुरानै सवारीसाधनले परीक्षा दिनुपर्दा सेवाग्राहीलाई असहज हुने, धेरै फेल हुने गरेकाले नयाँ सवारीसाधनको व्यवस्था गरिएको हो ।
अल्टो के टेन गाडीको टर्निङ क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारीसाधनभन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने विश्वास छ । यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अबदेखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ ।
टर्निङ रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शो रुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । जसले गर्दा परीक्षार्थीलाई टर्निङ लिन सहज हुनेछ ।
नयाँ मोडलका मोटरसाइकल प्रयोग भएपछि दुईपाङ्ग्रे सवारीको लाइसेन्स लिन पनि अझ सहज हुने सिजि मोटर्स प्रालि गण्डकी शाखा प्रमुख रञ्जन तिमिल्सिनाले जानकारी दिए।
पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा उपलब्ध हुने हुँदा देशभरकै सस्तो र स्तरीय रहेको कार्यालयको दाबी छ ।
यूरो मापदण्डका नयाँ मोडलका गाडीहरू ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स, ब्याक सेन्सरलगायत विशेषता छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो