पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ १० र ११ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ । यस अघि स्पोट्र्स क्यासलमा हुने भनिए पनि प्राविधिक कारणले प्रतियोगिताको स्थान परिवर्तन भएको थापाको भनाइ छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला