पोखरा । खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ । पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले त्यसयता सबै खेल जितेर फाइनलसम्म आइपुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९–१८ ले पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराएको थियो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले पराजित गर्दै फाइनल पुगेको हो ।
फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।
सम्बन्धित खबर
बिटी कपमा पहिलो चरणका खेल जारी
आहा ! रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत
पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको उपाधि रामघाटले जित्यो
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा