हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका– ९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे गा.पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।
माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब.तामाङले बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ ।
भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३० हजार र उप–विजेताले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।
कार्यक्रमको अन्य आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू द्धारा नृत्य, गायन, हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । साथै आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, रस्साकस्सी, छेलो हान्ने, घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने क्लबका क.वा सचिव प्रज्वल क्षेत्रिले बताए ।
आयोजित विभिन्न प्रतियोगितामा सहभागी हुन माघ २९ गते बेलुका ४ः०० बजे भित्र समूहको नाम दर्ता गरिसक्नु पर्ने आयोजकले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो