जिल्ला अदालत काठमाडौं परिसरमा गत पुस २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट आरोपमा पक्राउ परेकाहरू राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ ।
त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा पक्राउ परेका व्यक्ति रास्वपा कार्यकर्तासँगै सभापति रवि लामिछानेका खास कार्यकर्ता रहेको खुलेको हो ।
शनिबार पक्राउ परेका हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बस्ने महानन्द जैसी (महेन्द्र पाण्डे) रास्वपाका खास कार्यकर्ता हुन् ।
त्रिपाठीलाई कुटिसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा कुटपिटमा उत्रिनु गलत भएको भन्दै ब्याख्यासहित विचार हालेर जोगिन खोजेका थिए । ‘लोकतन्त्रमा विरोध गर्न मिल्छ । तर कसैको विरोध गर्दैमा, विपक्षमा उभिँदैमा भौतिक आक्रमण गर्नुलाई राम्रो मान्न सकिँदैन’ उनले लेखेका छन् ।
त्यसैगरी, प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पनि आइतबार पक्राउ गरेको छ । राई रास्वपा काठमाडौं ३२ नम्बर वडाकी उपसभाति रहेको जानकारी आए पनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।
दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पनि पक्राउ परेका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने