जिल्ला अदालत काठमाडौं परिसरमा गत पुस २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट आरोपमा पक्राउ परेकाहरू राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ ।
त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा पक्राउ परेका व्यक्ति रास्वपा कार्यकर्तासँगै सभापति रवि लामिछानेका खास कार्यकर्ता रहेको खुलेको हो ।
शनिबार पक्राउ परेका हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बस्ने महानन्द जैसी (महेन्द्र पाण्डे) रास्वपाका खास कार्यकर्ता हुन् ।
त्रिपाठीलाई कुटिसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा कुटपिटमा उत्रिनु गलत भएको भन्दै ब्याख्यासहित विचार हालेर जोगिन खोजेका थिए । ‘लोकतन्त्रमा विरोध गर्न मिल्छ । तर कसैको विरोध गर्दैमा, विपक्षमा उभिँदैमा भौतिक आक्रमण गर्नुलाई राम्रो मान्न सकिँदैन’ उनले लेखेका छन् ।
त्यसैगरी, प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पनि आइतबार पक्राउ गरेको छ । राई रास्वपा काठमाडौं ३२ नम्बर वडाकी उपसभाति रहेको जानकारी आए पनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।
दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पनि पक्राउ परेका छन् ।
सम्बन्धित खबर
जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्च अदालतको आदेश
आज विश्व रेडियो दिवस
यी स्थानमा हिमपात हुने
काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी
रुकुमपूर्वमा हजुरआमा र नातिको हत्या, आरोपित व्यक्ति पनि मृत फेला
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति