पाेखरा । पर्यटकको चाप बढ्दै गएकोले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाइएको छ।
१५ गतेदेखि लागु हुने गरी पाेखरा महानगरपालिका वडा नम्बर २२ सँगकाे समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएकाे जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शाेभा पाण्डेले जानकारी दिइन् ।
दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्ने उद्देश्यले यस्ताे निर्णय गरिएकाे उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज पुग्ने उनकाे भनाइ छ ।
पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छाेरेपाटन देखि शान्ति स्तुप हुँदै जाने बाटाे जान सकिन्छ भने फर्कँदा कालिमाटीकाे बाटाे फर्कनुपर्ने छ । बाइक स्कुटर त्यही बाटाे फर्कन सक्नेछन् भने अन्य साधन कालिमाटीकाे बाटाे हुँदै फर्कनु पर्ने छ ।
पुम्दीकाेट शिव मन्दिरमा व्यवस्थित पार्किङ, अपांगमैत्री पहुँचमार्ग, र अन्य सुविधाहरु निर्माण भइरहेका छन् । पुम्दीकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ। यहाँबाट पर्यटकहरुले फेवाताल, हिमालका दृश्य, र अन्य धार्मिक तथा सांस्कृतिक आकर्षणहरुको अनुभव लिन सक्नेछन्
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो