पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो माया अभियान अन्तर्गत विपन्न तथा असमर्थ परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका वडा नं – १३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । विद्यार्थीहरुलाई ट्रयाकसुट, टोपी, स्वीटर र कापी, कलमलगायतका सामाग्री गरी प्रति विद्यार्थी एक हजार आठ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको शाखाका अध्यक्ष पवन मरासिनीले जानकारी दिए ।
सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै संस्थाको सम्पर्कमा रहेका सो विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष मरासिनीले बताए । विद्यार्थीहरुलाई सहजरूपमा पढ्ने वातावरण बनाउन पनि यसले सहयोग मिल्ने उनको विश्वास रहेको छ ।
कार्यक्रममा सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउँदै केन्द्रिय समिति सदस्य स्मृति काफ्लेले यस अभियान मार्फत विद्यार्थीहरु पनि पढाईमा थप जागरुक हुने विश्वास लिएको बताइन् । उनले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
सो कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताए । नगरप्रमुख रेग्मीले यस्ता कार्यक्रममा पालिका हरबखत हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी, यस्ता कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्नेमा वडा नं – १३ का वडा सदस्य सुर्य बहादुर रोकाहाले जोड दिएका थिए ।
विद्यालयमा नै आएर पोशाक र शैक्षिक सामाग्रीहरु पाउँदा विद्यार्थीहरु निकै खुसी भएका छन् । पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला