पोखरा । लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काउखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो ।
प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
समितिका अध्यक्ष अब्वास अलिमियाँको अध्यक्षतामा भएको प्रतियोगिताको समाजसेवी दिपक गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्याटन थिए । उद्यााटन कार्यक्रममा पोखरा महानगर वडानम्बर १३ का कार्यवाहक अध्यक्ष सुचित तामाङ, लोक कवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हाजी हनिफ मियाँ, मियापाटन मुस्लिम समाजका अध्यक्ष मौलाना क्रामुदीन मियाँ, मस्जिद अलअबसाका इमाम हुसेन मियाँ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, इकवाल मिया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’