पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।
पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ । बिहान ११ बजेबाट त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुने तालिका छ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।
तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ ।
दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ । यसअघि १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ