पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल सुरु भएको छ ।
प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले उद्घाटन गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथले विजयी सुरुवात गरेको छ ।
त्रिवेणीले ज्ञान सागर एकेडेमी हेम्जालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याण सेकेण्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई ६–३ गोलको अन्तरले हराउदै शिसुनिकेतन सेकेन्डरी स्कुल दोस्रो चरणमा प्रबेश गरेको छ ।
अर्को खेलमा व्यलडन एकेडेमी र बिएमजि सेकेन्डरी स्कुलले निधारी समयमा दुई/दुई गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो । ट्राइबे्रकरमा बिएमजिले १–० गोलले हरायो ।
लिटिल स्टेप सेकेन्डरी स्कुलले र बालोदय इङलिस बोडिङ स्कुललाई ४–१ गोलले हराउँदा माउन्ट अन्नपुर्ण सेकेन्डरी स्कुल डाइमण्ड सेकेन्डरी स्कुल सगँ २–३ गोल अन्तरले हार्न पुग्यो ।
त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले लिटिल फ्लावर एजुकेसन एकेडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । हिल प्वाइन्ट सेकेन्डरी स्कुलले पनि न्युलाइट इङलिस बोडिङ स्कुललाई ५–० गोलको फराकिलो अन्तरले हरायो ।
अर्को खेलमा गुरुकुल विद्यासदनले पश्चिमाञ्चल सेकेन्डरी स्कुललाई ३–०, न्युग्यालेक्सी इङलिस सेकेन्डरी स्कुलले प्रतिभा सेकेन्डरी स्कुललाई ५–२ गोल अन्तरले हरायो ।
त्यसै गरी जुनियर सिटिजन एकेडेमीले बालकल्याण सेकेन्डरी स्कुललाई ५–०, अक्फोड स्कुलले करुणानिधि एजुकेसन एकेडेमी स्कुललाई १–० र पोखरा युनाइटेड एकेडेमीले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो ।
प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानिया पछिल्लो समय बालबालिका मोवाइलमा रमाउने हुदाँ यस्ता प्रतियोगिताले उनीहरुका लत हटाउन सहयोगी हुने बताए । उनले पुर्वाधारको विकास गरेर मात्रै विकास नहुने भन्दै मानवीय विकास आवश्यक रहेको बताए ।
उनले नागरीकको सबै भन्दा ठुलो धन भनेको स्वास्थ्य रहेको भन्दै स्वस्थ रहनका लागि खेल आवश्यक रहेको बताए । हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने बताए ।
प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लम्जुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसिले जानकारी दिए ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला