पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार सात खेल सम्पन्न भएका छन् ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा आयोजक नेपाल मुस्लीम युवा समिति (एनएमवाइसी) (ए), रामघाट (ह्वाइट), माछापुच्छ्रे त्रिशक्ति, स्लामिक कल्याण्कारी ( ह्वाइट), पोखरा जब्स्, ए–७ र आयोजक नेपाल मुस्लिम युवा समिती एनएमवाइसी एफसी (बी) प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
एनएमवाइसी (ए)ले न्युरोड एफसीलाइ ४–० को फराकीलो अन्तरले पराजित गदैँ खेल जितेको हो । यस्तै नमुना एफसीलाई ०–१ गोल गदैँ रामघाटले कठिन जित निकाल्दा माछापुच्छ्रेले रंगशाला गु्रपलाई २–० को सहज जित निकाल्यो ।
यस्तै अर्को खेलमा स्लामिक कल्याणकारीले गन्नी एफसी (निलो) लाई ३–२ को अन्तरले पराजित गर्यो । एनइपी पोखरा टिम मैदानमा उपस्थित नहुँदा पोखरा जब्स् स्वतः प्रि–क्वाटरमा प्रवेश गर्यो । ए–७ टिमले एनके फुटबल क्लवलाई २–० को अन्तरले पाराजित गर्दा एनएमवाइसी एफसी (बी)ले मसिना बगर एफसीलाई पन्छाउँदै ३–० को सहज जित निकाल्यो ।
बिहीबार दोस्रो राउण्डमा खेल सकिए सँगै प्रि–क्वाटर खेल्ने १६ टिमको टुंगो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए । शुक्रबार प्रि–क्वाटरका खेल हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला