पोखरा । पोखरामा भोलि शनिबार हुन लागेको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ स्थगित भएको छ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफ एम ९३ मेगाहर्जको संयूक्त आयोजनामा शनिबार साँझ हुन लागेको सो कार्यक्रमका गिटारिष्ट सञ्जीव पालको अचानक निधन भएपछि कार्यक्रम स्थगित गरिएको हो ।
शुक्रबार निधन भएका पाल शनिबार हुने कार्यक्रमका गिटारिष्ट थिए । उनलाई शुक्रबार दिउँसो घरमा आराम गरिरहेका बेला ह्रदयघात भएको थियो । ह्रदयघात भएका पाललाई तत्कालै पोखरा नयाबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) को आकस्मिक कक्षमा पु¥याइएपनि उपचारका क्रममा निधन भएको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ कार्यक्रमका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने,‘कार्यक्रमको तयारी पूरा भएको थियो । तर कार्यक्रमका गिटारिष्टको निधन भएकाले उहाँको शोकमा कार्यक्रम स्थगित गरेका छौं ।’ उनले स्थगित कार्यक्रम केहि दिनपछि गरिने बताए । ‘अहिलेलाई कार्यक्रम स्थगित भयो, अर्को मिति हामी छिट्टै तय गर्छौं’–उनले भने ।
स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष माघ तेश्रो शनिबार हुँदै आएको छ । कालजयी गायीका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो । दुबै कालजयी गायीकाद्वयको स्मृति दिवसको बिचको शनिबार पारेर कार्यक्रम हुँदै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन