पोखरा । पोखरामा भोलि शनिबार हुन लागेको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ स्थगित भएको छ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफ एम ९३ मेगाहर्जको संयूक्त आयोजनामा शनिबार साँझ हुन लागेको सो कार्यक्रमका गिटारिष्ट सञ्जीव पालको अचानक निधन भएपछि कार्यक्रम स्थगित गरिएको हो ।
शुक्रबार निधन भएका पाल शनिबार हुने कार्यक्रमका गिटारिष्ट थिए । उनलाई शुक्रबार दिउँसो घरमा आराम गरिरहेका बेला ह्रदयघात भएको थियो । ह्रदयघात भएका पाललाई तत्कालै पोखरा नयाबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) को आकस्मिक कक्षमा पु¥याइएपनि उपचारका क्रममा निधन भएको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ कार्यक्रमका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने,‘कार्यक्रमको तयारी पूरा भएको थियो । तर कार्यक्रमका गिटारिष्टको निधन भएकाले उहाँको शोकमा कार्यक्रम स्थगित गरेका छौं ।’ उनले स्थगित कार्यक्रम केहि दिनपछि गरिने बताए । ‘अहिलेलाई कार्यक्रम स्थगित भयो, अर्को मिति हामी छिट्टै तय गर्छौं’–उनले भने ।
स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष माघ तेश्रो शनिबार हुँदै आएको छ । कालजयी गायीका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो । दुबै कालजयी गायीकाद्वयको स्मृति दिवसको बिचको शनिबार पारेर कार्यक्रम हुँदै आएको छ ।
सम्बन्धित खबर
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल सर्वसम्मत
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा