अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः आइतबार फाइनल खेल हुने

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः आइतबार फाइनल खेल हुने

khel

पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमको टुन्गो लागेको छ । शनिबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका क्वाटरफाइनलका खेलबाट अन्तिम चार टिमको टुंगो लागेको हो ।

लिभिक एफसी, रामघाट (सेतो), एन. के एफसी (बी), र एनएमएमसी (ए) फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा एन. केले रामघाटको सामाना गर्ने छ । भने एनएमवाइसी (ए)ले लिभिकको सामाना गर्ने छ ।

ए–७ लाई ट्राइवेकरमा ८–७ को गोल अन्तरले पराजित गदै लभिकले सेमिफाइनलको यात्रा पक्का गरेको हो । रामघाटले मुस्लिम कल्याणकारीलाई १–० ले पराजित गर्दा ट्रेकर्स एफसीलाई शून्यका विरुद्ध १ गोल गदै रामघाटले फाइनलको यात्रा तय गर्यो । यस्तै आयोजक एनएमवाइसीले (ए)ले आयोजकको अर्को टिम एनएमवाइसी (बी) लाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुग्यो ।

आयोजक समितिका सदस्य शम्सुल हकका अनुसार आइतबार सेमिफाइनल र फाइन खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म फाइनल खेल हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ