पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमको टुन्गो लागेको छ । शनिबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका क्वाटरफाइनलका खेलबाट अन्तिम चार टिमको टुंगो लागेको हो ।
लिभिक एफसी, रामघाट (सेतो), एन. के एफसी (बी), र एनएमएमसी (ए) फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा एन. केले रामघाटको सामाना गर्ने छ । भने एनएमवाइसी (ए)ले लिभिकको सामाना गर्ने छ ।
ए–७ लाई ट्राइवेकरमा ८–७ को गोल अन्तरले पराजित गदै लभिकले सेमिफाइनलको यात्रा पक्का गरेको हो । रामघाटले मुस्लिम कल्याणकारीलाई १–० ले पराजित गर्दा ट्रेकर्स एफसीलाई शून्यका विरुद्ध १ गोल गदै रामघाटले फाइनलको यात्रा तय गर्यो । यस्तै आयोजक एनएमवाइसीले (ए)ले आयोजकको अर्को टिम एनएमवाइसी (बी) लाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुग्यो ।
आयोजक समितिका सदस्य शम्सुल हकका अनुसार आइतबार सेमिफाइनल र फाइन खेल हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म फाइनल खेल हुने छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो