पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।
आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने ।
महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश र महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’