पोखरा । आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। मंगलबारदेखि पोखरा रंगशालामा सुरु २४ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी सुरुआत गरेको हो।
पुलिसका उज्जल राईले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो। खेलको ३६ औँ मिनेटमा राईले प्रहार गरेको कर्नर किक नै जितका लागि पर्याप्त भयो। पुलिसले अब माघ २६ गते बिग्रेड ब्वाइज क्बल युकेसँग दोस्रो खेल खेल्नेछ।
पुलिसले सहारा क्लबले २०५८ सालमा आयोजना गरेको क्याराभान कपको उपाधि जित्दै इतिहास रचेको थियो। आहा रारा पोखरा गोल्डकपमा पहिलो संस्करण क्याराभान कपको सेमिफाइनलमा पनि पुलिस र सहारा ‘निलो’ बीच भेट भएको थियो। पुलिसले टस जित्दै फाइनल प्रवेश गरेको थियो। आहा रारामा आजसहित पुलिस र सहारा ६ पटक भेट भएका छन्। ६ पटक नै सहाराले पराजय व्यहोरेको छ।
पुलिसले क्याराभानसहित ६ पटक उपाधि जितेको छ। ५ पटक उपविजेता बनेको छ। पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इतिहास रचेको छ। पुलिसले २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो।
बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा १२ टोली सहभागी छन्। सहारा, पुलिससँगै बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।
सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन्। फेयर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला