२४औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४-२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।
अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी मार्यो ।
मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन ।
प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमवार साविक विजेता त्रिभुवन आर्मी क्लब र चर्च ब्वाईज युनाईटेड क्लबबिच प्रतिस्पर्धा हुनेछ ।आर्मीले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको हो । प्रि-क्वाटरफाइनलमा सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा पुगेको थियो।
सम्बन्धित खबर
पोखरामा प्रथम एलिट भलिबल कप हुने
चैते दशैं मेला: फेदीखोलामा पुरुष भलिबल हुने
अर्जुनचौपारीमा भलिबल उपाधि राङ्खोलालाई
माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
साग स्वर्ण पदक विजेता विप्लवले लिए सन्यास
नवौं पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु, ७ विधामा अवार्ड
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ