पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।
च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको रामघाटले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिप कार्की, उत्कृष्ट डिफेन्डरका रुपमा गन्नी एफसीकै हेमन्त तामाङ ट्रफिसहित नगद रु ७ हजारसहित पुरस्कृत बने ।
यस्तै उदीयमान खेलाडीका रुपमा छोरी सुशानका अंकित गुरुङ, सर्वाधिक गोलकर्ताका रुपमा बिगसिटी क्याफे लेकसाइडका आयुष थापा (६ गोल) नगद रु ७ हजारसहित ट्रफिसहित पुरस्कृत भए । अनुशासित टिमको अवार्डबाट नगद रु ९ हजारसहित केआइइसी बुन एफसीलाई पुरस्कृत गरिएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिए ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका उद्यमी किरण केसी, पुरस्कारदाताहरु, आयोजक संस्थाका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत संस्करणको उपाधि भने लामागाउँ गुम्बाले जितेको थियो ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम