पोखरा । पोखरामा फागुन २ र ३ गते गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आउँदो शुक्रबार र शनिबार उक्त प्रतियोगिता हुन लागेको हो । लोक दोहोरी गीत संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक नवराज अधिकारीले जानकारी दिए ।
प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई १५ हजार र सान्त्वनालाई ८ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने गायक र गायिकालाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक अधिकारीले बताए । प्रतियोगितामा लोक तथा दोहोरी गायक तारापति सुवेदी संयोजकत्वमा निर्णायक टोली रहनेछ ।
लोक दोहोरी गायक गायिकाका लागि यो फोरम करिअर बनाउने महत्वपूर्ण अवसर मानिन्छ । बद्री पंगेनी, पशुपति शर्मा, प्रकाश सपुत, देवी घर्ति, प्रीति आले, खुमन अधिकारीलगायत धेरै गायक गायिकाले यही फोरमवाट आएका थिए ।
प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए । टिम दर्ताको लागि आज ४ बजेसम्मको समय छुट्याइएको छ ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो