पोखरा । पोखरामा फागुन २ र ३ गते गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आउँदो शुक्रबार र शनिबार उक्त प्रतियोगिता हुन लागेको हो । लोक दोहोरी गीत संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक नवराज अधिकारीले जानकारी दिए ।
प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई १५ हजार र सान्त्वनालाई ८ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने गायक र गायिकालाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक अधिकारीले बताए । प्रतियोगितामा लोक तथा दोहोरी गायक तारापति सुवेदी संयोजकत्वमा निर्णायक टोली रहनेछ ।
लोक दोहोरी गायक गायिकाका लागि यो फोरम करिअर बनाउने महत्वपूर्ण अवसर मानिन्छ । बद्री पंगेनी, पशुपति शर्मा, प्रकाश सपुत, देवी घर्ति, प्रीति आले, खुमन अधिकारीलगायत धेरै गायक गायिकाले यही फोरमवाट आएका थिए ।
प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए । टिम दर्ताको लागि आज ४ बजेसम्मको समय छुट्याइएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?