गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षाैंदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरू भएको छ ।
किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट–३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती शुरू भएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।
‘झन्डै २ हजार २ सय मिटरको उचाइमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरूलाई समेटेर कागतेखर्क बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ’, उनले भने, ‘त्यही समूहमा आबद्ध किसानहरूलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ त्यहीअनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’
मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सय वटा ओखरका बेर्ना वितरण गरिएको कृषि शाखाका प्रमुख ढकालले बताए । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याई किसानहरूलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई ४ वटा ’प्लट’ बनाएर बेर्ना लगाउन थालिएको ढकालको भनाइ छ ।
वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरूले रोप्न शुरू गरिसकेका छन् । अहिले लगाइएको बिरुवाले झन्डै ४ वर्षपछि उत्पादन दिन सुरू गर्ने ढकालले बताए ।
‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखरखेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो’, उनले भने, ‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखरखेतीका लागि सुहाउँदो भएकाले यस वर्षदेखि ओखरखेती थालनी गरिएको हो ।’
ओखरका बिरुवा खरिदका लागि १० लाख र ढुवानीका लागि मात्रै १ लाख रुपैयाँभन्दा धेरै खर्च भएको ढकालले बताए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु