बाग्लुङ । ट्र्याक खुलेको २४ वर्षपछि बाग्लुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । वि.सं.२०५४ मा बाग्लुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।
बाग्लुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । वि.सं.२०५४ मा बाग्लुङ बजारदेखि तीन लाख रुपैयाँ बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरूआत भएको थियो ।
तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुशी व्यक्त गर्नुभयो । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ ।
कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ । सिगानामा २९ करोड रुपैयाँ लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो ।
ट्र्याक खुलेको २४ वर्षपछि बाग्लुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ ।सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म छ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताए ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा