काठमाडौं । रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका महानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको हो । माओवादी केन्द्रबाट दोस्रो पटक मेयर बनेकी रेणु दाहाल नेतृत्वको भरतपुर ७६.२ अंक प्राप्त गर्दै महानगरपालिकामध्ये उत्कृष्ट भएको हो ।
आयोगको कार्यसम्पादन मूल्यांकनमा दोस्रो महानगर बनेको छ विराटनगर महानरपालिका । ७३.५ अंक प्राप्त गर्दै बिराटनगर महानगरपालिका दोस्रो बन्दा ६६.७ अंक प्राप्त गर्दै ललितपुर महानगरपालिका तेस्रो बनेको छ । विराटनगरका मेयर नागेश कोइराल हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यस्तै, ललितपुरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन नेतृत्वमा छन् ।
यस्तै, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो भएको छ । यो महानगरको नेतृत्वमा युवा मेयर बालेन्द्र शाह छन् । यस्तै,५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको वीरगञ्ज महानगरपालिका अन्तिममा परेको छ ।
पोखराको प्रमुखको जिम्मेवारीमा एकीकृत समाजवादीका धनराज आचार्य छन् । वीरगञ्जको मेयर भने जसपाका राजेशमान सिंह हुन् ।
सम्बन्धित खबर
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर भरेर राख्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो