पाेखरा । हिसान गण्डकी फुटसल उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय सङ्घ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखि सुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनिक भएको छ ।
फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
उनले कलेज तर्फको विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रदेशस्तरीय फुटसल प्रतियोगितामा कास्कीका १० विद्यालय, बाग्लुङका २ तनहुँको एउटा विद्यालय गरी १३ विद्यालयले प्रतिष्पर्धा गर्ने छन् । उनले प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरूलाई सहभागिता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको हिसानका उपाध्यक्ष बाबुराम पन्तले बताए । उनले गण्डकी प्रदेशका विद्यालय तथा कलेज पढाइमा मात्रै नभएर खेलकुदमा पनि अब्बल रहेको प्रतियोगिताले देखाउने बताए ।
प्रतियोगिताको व्यवस्थापन सविन मेमोरीयल फुटबल क्लबले गर्दै आएको छ । सविन मेमोरियल क्लब राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । कार्यक्रममा हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिव डिल्लिराम अधिकारी लगायतले फुटबल विकासमा प्रतियोगिता फलदायी हुने बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला