पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनामा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले लागेर विस्फोट भएको थियो ।
प्रहरीका अनुसार उक्त बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई सोही दिन नियन्त्रणमा लिइएको थियो ।
बेलुन विस्फोटमा परी अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेलले उपचारपछि सोमबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज पाएका छन् भने मेयर आचार्यको अझै केही दिन अस्पतालमै उपचार जारी रहने चिकित्सकहरूले बताएका छन् ।
पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी संकलन भइरहेको र कानुनी दायरामा ल्याउन आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उक्त घटना छानविनका लागि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेका छन् ।
समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो