पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडानम्बर १४ को मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे ।
पहिलो दिन सम्पन्न ४ खेलबाट वडानम्बर १५ (रातो), वडानम्बर १३, वडानम्बर २३ र वडानम्बर १६ ले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्याटन खेलमा वडानम्बर १३ ले विजयी सुरुवात गरेको छ । १३ ले वडानम्बर १५ (निलो)लाई ३–२ को सेटमा पराजीत गर्यो ।
यस्तै अर्को खेलमा वडानम्बर १५ (रातो) ले आयोजक वडानम्बर १४ (निलो)लाई पराजीत गरेको छ । १५ ले वडानम्बर १४ लाई ३–० को सोझो सेटमा पराजीत गरेको हो ।
वडानम्बर २३ र आयोजक वडानम्बर १४ (रातो)बिचको खेल वडनम्बर २३ ले ३–१ को अन्तरले जित निकालेको छ । भने वडानम्बर ३३ ले वाकओभर दिए पछि वडानम्बर १६ स्वतः दोस्रो चरणमा प्रवेस गेको छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
प्रतियोगीतको उद्याटन गदै महानगर प्रमुख धनराज आचार्यले सबै नेपालीलाई एक ठाउमा बाध्ने माध्यम खेलकुद रहेको बताए । खेलकुदले स्वस्थ समाज निर्माणमा समेत टेवा दिने आचार्यले बताए ।
प्रतियोगिता आयोजक एवं पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले वडामा खेलकुदको विकास गर्ने र खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा वडानम्बर १४ बाट राष्ट्रिय खेल खेल्न सफल टिपटप नेपालका क्याप्टेन टोपबहादुर मल्ल र तेक्वान्डोका पूर्वखेलाडी हरिश्वर पोखरेललाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडानम्बर १५ अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण वानिया, पोखरा–१४ खेलकुद विकास समितिका संयोजक शिवशंकर जिसी, मनोहर युवा क्लवका अध्यक्ष रामजी जिसी, पोखरा महानगरपालिका वडानम्बर १४ का सचिव रामचन्द्र पौडेल लगायतले बोलेका थिए । खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला