११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन गरेको छ ।
पुस्तिकामा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा अन्त्यलगायतका विषयवस्तु समेटिएर उनीहरुको विचार प्रकाशन गरिएको छ ।
पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएको कविताहरु समेत समावेश गरिएको छ ।
विमोचन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहेका महिलाहरुको सशक्त विचार र बालिकाहरुको कविता समेटिएको हुँदा महिला अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै, पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरुको अधिकार, सशक्तिकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिन् ।
सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धनमा महत्वपूर्ण भूमिका हुने सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बताए ।
लैङ्गिक हिंसाको अन्त्य कसरी गर्ने विषयमा केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरुको कविता यसमा समावेश गरेको हुँदा लैङ्गिक हिंसा अन्त्यको लागि सामाजिक नारी आवाज एउटा महत्वपूर्ण पुस्तिका हुने कार्यालय प्रमुख पौडेलले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरुको उपस्थिति रहेको थियो ।
हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस यस वर्ष ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण” नाराका तय गरिएको छ ।
सम्बन्धित खबर
कविता: मृत्युवरण
‘रात्री आकाश’ गजल कृति सार्वजनिक
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
पोखरामा खचाखच दर्शकबीच ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?