नारी दिवसमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन

नारी दिवसमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन

samajik nari aawaj pustika

११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन गरेको छ ।

पुस्तिकामा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा अन्त्यलगायतका विषयवस्तु समेटिएर उनीहरुको विचार प्रकाशन गरिएको छ ।

पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएको कविताहरु समेत समावेश गरिएको छ ।

विमोचन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहेका महिलाहरुको सशक्त विचार र बालिकाहरुको कविता समेटिएको हुँदा महिला अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै, पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरुको अधिकार, सशक्तिकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिन् ।

सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धनमा महत्वपूर्ण भूमिका हुने सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बताए ।

लैङ्गिक हिंसाको अन्त्य कसरी गर्ने विषयमा केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरुको कविता यसमा समावेश गरेको हुँदा लैङ्गिक हिंसा अन्त्यको लागि सामाजिक नारी आवाज एउटा महत्वपूर्ण पुस्तिका हुने कार्यालय प्रमुख पौडेलले विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस यस वर्ष ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण” नाराका तय गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ