पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ मा जारी वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका पुग्ने टिमको टुन्गो लागेको छ । मनोहर युवा क्लवको खेलमैदानमा जारीे प्रतियोगितामा शुक्रबार भएका खेलबाट वडानम्बर २३, १९, १६ र २१ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा वडानम्बर २३ ले वडानम्बर १९ को सामना गर्ने छ, भने वडानम्बर १६ ले २१ को सामना गर्ने छ ।
वडानम्बर २१ ले वाकओभर दिदा २३ स्वत सेमिफाइनलमा पुगेको हो । यस्तै अर्को खेलमा वडानम्बर २१ ले जित निकाल्यो । वडानम्बर २१ को (दोस्रो) टिमले ले वडानम्बर २८ लाइ ३–० को सोझो सेटमा पछी पादै खेल जितेको हो । वडानम्बर १९ ले वडानम्बर १३ लाख ३–० को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनल प्रवेस गर्यो । वडानम्बर १६ ले १५ लाई ३–१ को सेटमा पराजित गर्दै समिफाइनलमा पुगेको हो ।
प्रतियोगिता अन्तरगत शनिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए । तेस्रो स्थानका लगि पनि भोली नै खेल खेलाइने छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’