पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ मा जारी वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका पुग्ने टिमको टुन्गो लागेको छ । मनोहर युवा क्लवको खेलमैदानमा जारीे प्रतियोगितामा शुक्रबार भएका खेलबाट वडानम्बर २३, १९, १६ र २१ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा वडानम्बर २३ ले वडानम्बर १९ को सामना गर्ने छ, भने वडानम्बर १६ ले २१ को सामना गर्ने छ ।
वडानम्बर २१ ले वाकओभर दिदा २३ स्वत सेमिफाइनलमा पुगेको हो । यस्तै अर्को खेलमा वडानम्बर २१ ले जित निकाल्यो । वडानम्बर २१ को (दोस्रो) टिमले ले वडानम्बर २८ लाइ ३–० को सोझो सेटमा पछी पादै खेल जितेको हो । वडानम्बर १९ ले वडानम्बर १३ लाख ३–० को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनल प्रवेस गर्यो । वडानम्बर १६ ले १५ लाई ३–१ को सेटमा पराजित गर्दै समिफाइनलमा पुगेको हो ।
प्रतियोगिता अन्तरगत शनिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए । तेस्रो स्थानका लगि पनि भोली नै खेल खेलाइने छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो