पोखरा । माछापुच्छ्रे क्रिकेट क्लव पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । शनिबार लेखनाथमा भएको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा राईजिङ क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको माछापुच्छ्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । माछापुच्छ्रेका लागि धिरज अधिकारीले४४ बलमा ६६ रन, सुमित श्रेष्ठले ४४ बलमा ५२ रन र आतिष न्यौपानेले २५ बलमा २७ रनको योगदान दिए ।
१६७ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राईजिङ निर्धारित २० ओभरमा अलआउट हुँदै ७२ रनमा सिमित भएपछि माछापुच्छ«े बिजयी भएको हो । राईजिङका अनिष रावतले ३३ बलमा २७ रन र भानुभक्त लम्सालले १७ बलमा २२ रन बनाएपनि हार टार्न सकेनन् । राईजिङलाई सस्तैमा समेट्न माछापुच्छ्रेका प्रमोद बास्तोलाले ५ रन खर्चेर ४ विकेट हत्याए । उनै प्रमोद बास्तोला प्लेयर अफ दी म्याच घोषित भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लव र लेखनाथ क्रिकेट क्लव फाइनल प्रवेशका लागि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो