पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै लेखनाथ यूथ फाइनलमा प्रवेश गरेपछी यी दुई क्लवबीच उपाधि भिडन्त पक्का भएको हो ।
यसअघि शनिबारको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लव फाइनल प्रवेश गरेको थियो । फाइनल खेल सोमबार पूर्वाह्न ९ः३० बजेदेखि लेखनाथको ईडेन हेभन क्रिकेट ग्राउण्डमा हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लेखनाथले १९.४ ओभरमा अलआउट हुँदै १३५ रनको मध्यम स्कोर बनाएको थियो । लेखनाथका लागि दीपक बरालले २५ बलमा ३९ रन र प्रदीप तामाङले २१ बलमा २० रनको योगदान दिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन कास्की क्रिकेट क्लवका आदित्य थापाले २० रन खर्चे ४ विकेट हत्याए ।
१३६ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लव १९ ओभरमा अलआउट हुँदै ११२ रनमा सिमित भएपछि उपाधि पुग्ने होडबाट बाहिरियो । आदीत्य थापाले ४४ बलमा ३३ रन बनाएपनि अन्य ब्याटरले साथ नदिदा कास्की हार बेहोर्न बाध्य भयो । कास्कीलाई सस्तैमा समेट्न लेखनाथका विशाल पौडेल, महेश मण्डल र दीपक बरालले समान २÷२ विकेट लिए ।
आईतबारको खेलमा लेखनाथ यूथका दीपक बराल प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?