पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै लेखनाथ यूथ फाइनलमा प्रवेश गरेपछी यी दुई क्लवबीच उपाधि भिडन्त पक्का भएको हो ।
यसअघि शनिबारको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लव फाइनल प्रवेश गरेको थियो । फाइनल खेल सोमबार पूर्वाह्न ९ः३० बजेदेखि लेखनाथको ईडेन हेभन क्रिकेट ग्राउण्डमा हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लेखनाथले १९.४ ओभरमा अलआउट हुँदै १३५ रनको मध्यम स्कोर बनाएको थियो । लेखनाथका लागि दीपक बरालले २५ बलमा ३९ रन र प्रदीप तामाङले २१ बलमा २० रनको योगदान दिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन कास्की क्रिकेट क्लवका आदित्य थापाले २० रन खर्चे ४ विकेट हत्याए ।
१३६ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लव १९ ओभरमा अलआउट हुँदै ११२ रनमा सिमित भएपछि उपाधि पुग्ने होडबाट बाहिरियो । आदीत्य थापाले ४४ बलमा ३३ रन बनाएपनि अन्य ब्याटरले साथ नदिदा कास्की हार बेहोर्न बाध्य भयो । कास्कीलाई सस्तैमा समेट्न लेखनाथका विशाल पौडेल, महेश मण्डल र दीपक बरालले समान २÷२ विकेट लिए ।
आईतबारको खेलमा लेखनाथ यूथका दीपक बराल प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो