पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ यूथ क्रिकेट क्लवले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो ।
लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार उपाधि भिडन्तमा लेखनाथ यूथ क्लवले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार ग¥यो । लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन र मार्सल बरालले १८ बलमा २२ रनको योगदान दिएका थिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन रितेश बरालले २२ रन खर्चिएर ३ विकेट तथा धिरज अधिकारीले २५ रन खर्चेर २ विकेट लिएर दवाबमा राखेका थिए ।
१५१ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको माछापुच्छ«े क्रिेकट क्लव निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केवल १२० रनमा सिमित भएपछि उपबिजेतमा चित्त बुझाउन बाध्य भयो । माछापुच्छ«ेका आशिष न्यौपानेले २७ बलमा २३ रन र पूर्णबहादुर जिटीले १५ बलमा २२ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् । फाईनल खेलमा माछापुच्छ«ेलाई कम रनमा समेट्न लेखनाथका मार्सल बरालले १४ रन खर्चेर २ विकेट हत्याएका थिए ।
सोमबारको फाइनल खेलको प्लेयर अफ दी म्याच मार्सल बराल बने ।
प्रतियोगिताको बेष्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि बिजेता टिम लेखनाथ यूथ क्लवका दीपक बराल बने । त्यस्तै, माछापुच्छ«े क्रिकेट क्लवका प्रमोद बास्तोला बेष्ट बलर तथा कास्की क्रिकेट क्लवका आदीत्य थापा बेष्ट ब्याट्स म्यान घोषित भए ।
उपाधि बिजेता तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, सदस्य अभिनय श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु