पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ ।
महानगरपालिकाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा गुरुयोजना तयार भएको हो ।
पोखरा महानगरपालिकाका ४ क्षेत्रमा प्रशोधन केन्द्र नै निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुनेछ ।
गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीमा छुट्टाछुट्टै ढल प्रयोग हुने छन् । दुर्गम भूभागमा पानी संकलनका लागि विभिन्न स्थानमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यले ११ अर्ब लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘फोहोर पानी व्यवस्थापनबारे विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका चार स्थानमा प्वाइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढल सिधै खोलामा मिसिने गरेका छन् । अब यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ,’ उनले भने ।
दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेट्नलाई पनि यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण