राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकारलाई सम्मान गरिएको छ । प्रतिष्ठान स्याङ्जाले एक कार्यक्रमबीच साहित्यकार देवीप्रसाद उपाध्याय रेग्मी बनबासीलाई सम्मान गरेको हो ।
प्रतिष्ठानको २४ औं स्थापना दिवसका अवसरमा स्याङ्जाद्वारा वालिङ् नगरपालिकाको सभाहलमा गरिएको सम्मान तथा अग्रज स्रष्टाहरुको फोटो प्रदर्शनी कार्यक्रममा साहित्यकार बनबासीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । साहित्यकार बनबासीलाई प्रतिष्ठानका केन्द्रिय महासचिव शिव हमाल, सचिव घनश्याम रिजाल लगायतले सम्मान गरेका हुन् ।
नेपाली लोक साहित्य र संस्कृति सम्बर्द्धनको क्षेत्रको विकासमा प्रोत्साहित गरेकोले साहित्यकार बनबासीलाई सम्मान गरिएको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काले बताए ।
कार्यक्रममा प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष गोपाल जिटी र डा. अच्युत शरण अर्यालले तयार पारेको कार्यपत्र ‘आँधीखोले लोक गीतका साधकहरु’ प्रस्तुत गरिएको थियो ।
उक्त कार्यपत्रमा अग्रज लोक गायकहरु चन्द्रबहादुर सेन ‘मसाने’, चन्द्रकान्त पाण्डे ‘पाँडे बा’, चेतन कार्की, कुलबहादुर राना, डिल बहादुर श्रेष्ठ, राजेन्द्र लम्साल क्षत्री र रत्न बानियाँको संक्षिप्त जीवनी र उनीहरुले लोक गीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो