पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् ।
समूह ‘बि’ तर्फ आर्मीले लुम्बीनिलाई ३७–२१ ले हराउँदै कुल ६ अंकका साथ शिर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे । सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले आइतबार लुम्बिीन प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहिन हुँदै बाहिरियो ।
समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराएपनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समुहबाट कोशी र कर्णालीको समान चार/चार अंक रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।
अब सेमीफाइनलमा घरेलु टोली गण्डकीले एपिएफको सामना गर्नेछ भने आर्मीले कोशीको । प्रतियोगिताको उपाधि भिडन्त समेत भोलि नै हुनेछ ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल संघ गण्डकीकी उपाध्यक्ष शान्ती थापा बैद्यले जानकारी दिइन् ।
सम्बन्धित खबर
एनपीएलमा पोखरा एभेन्जर्सको लगातार चौथो हार, प्ले अफ सम्भावना लगभग समाप्त
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !