गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका हुन् ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याए ।
यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्दै अर्याल विजयी भएकी हुन् । अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा भने नेविसंघ–अखिल प्यानल विजयी भएको छ ।
गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकटका विद्यार्थी सगठन र सत्तारुढ दल निकट(नेविसंघ र अनेरास्ववियु)ले छुट्टा/छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु