गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका हुन् ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याए ।
यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्दै अर्याल विजयी भएकी हुन् । अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा भने नेविसंघ–अखिल प्यानल विजयी भएको छ ।
गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकटका विद्यार्थी सगठन र सत्तारुढ दल निकट(नेविसंघ र अनेरास्ववियु)ले छुट्टा/छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए ।
सम्बन्धित खबर
भूकम्पपछि बारपाक गाउँको मौलिक चिनारी बचेन
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
नेपाल पत्रकार महासंघ गोरखामा निर्विरोध नेतृत्व
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध