गोरखा । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु)को संयुक्त प्यानलै विजयी भएको छ ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् ।
अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए ।
त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।
सदस्यहरुमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र विपना कोइराला विजयी बनेका छन् । उनीहरुमध्ये कोइराला अनेरास्ववियुकी हुन् भने अरु नेविसंघका हुन् ।
द्रव्यशाह बहुमुखी क्याम्पसमा सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु तथा समाजवादी मोर्चा निकटको अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन समाजवादी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु