पोखरा । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको थियो तर, गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । आर्मीका लागि निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए ।
उपाधिसंगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे ।
विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँ संगै ट्रफी हात पारे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनितिकर्मीहरुले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीहरुले हरेक परिस्थितिमा कसरि खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनी संगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ति कुराहरु सिके राजनिति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ थियो ।
मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो ।
३ गतेदेखी संचालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला