पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ ।
संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, सुजन घर्ति मगर, पुरन गुरुङ, राजु सार्की, साजन अधिकारी र शिला विक चयन भएका छन् ।
सो अवसरमा गण्डकी प्रदेश टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले ग्रामिण भेगमा रहेका युवाहरुलाई खेलकुदमा आवद्ध गराउन राज्यले उचित व्यवस्था गर्न आवश्यक रहेको वताउँदै खेलकुद प्रति युवालाई उत्साहित गराई खेलाडि उत्पादनमा गाउँपालिकाहरुले भूमिका महत्वपूर्ण रहेकोले पालिका स्तरमा खेलकुद संघ स्थापना गर्न पहल गर्नुपर्ने बताए ।
सो अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष गौतम राज लामा, गण्डकी प्रदेश टेबुलटेनिस संघका सचिव अनुष कुँवर, नि. सचिव कृष्ण रानाभाट, सदस्यहरु दिपक राज गिरी र ई. प्रकाश वाग्ले, नवनिर्वाचित गापा अध्यक्ष युवराज अधिकारी लगायतले माछापुच्छ्रे गाउँपालिकामा टेबुलटेनिस संघको सम्भावना वारेमा बोलेका थिए ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिका संयोजक हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला