पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।
मंगलबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेवि संघका सुशील न्यौपानेले ५०३ ल्याए ।
यस्तै, अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ प्राप्त गरेकी हुन् । अध्यक्षमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अनेरास्ववियु सचिव र कोषाध्यक्ष पदमा पनि फराकिलो मतान्तर कायम गर्दै निर्वाचित भएको छ । सचिवमा बिराट दुवाडीले १४१३ मत प्राप्त गर्दा कोषाध्यक्षमा सन्दीका गुरुङले १३०४ मत ल्याएकी छन् । जब कि सचिवमा निकटतम् प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६२८ र कोषाध्यक्षमा नेवि संघकै अमिषा यादवले ६४७ मत ल्याएकी छन् ।
प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले ११८७, सुशील अधिकारीले १२३५, विशाल लम्सालले १२८२, प्रचण्ड शक्ति गुरुङले १२५८, वृषभ चालिसले १२२६, अनुजराज अधिकारीले १२३७, जमुना शर्माले १२५४ र सुजन शर्मा सापकोटाले ११९६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो