जापान । हत्या अभियोगमा ४६ वर्ष जेलमा बिताएपछि निर्दोष ठहर जापानका इवाओ हाकामाडालाई १४ लाख अमेरिकी डलर (झण्डै १९ करोड रूपैंया) क्षतिपूर्ति दिइएको छ । ८९ वर्षीय पूर्वबक्सर हाकामाडा सन् १९६६ मा पक्राउ परेका थिए ।
हाकामाडा ४ जनाको हत्या अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए । उनी ४६ वर्ष पछि अर्थात सन् २०२४ मा निर्दोष प्रमाणित भए । हाकामाडा विश्वकै सबैभन्दा लामो समयसम्म मृत्युदण्ड पर्खिरहेका कैदी थिए, जहाँ हरेक दिन उनको अन्तिम दिन हुन सक्थ्यो ।
तर निर्दोष ठहर भएसँगै उनलाई प्रतिदिन १२ हजार ५ सय जापानी येनको दरले क्षतिपूर्ति दिइएको हो । सिजुओका जिल्ला अदालतले सोमबार दिएको फैसलामा हाकामाडालाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्यो ।
गत सेप्टेम्बरमा सोही अदालतले पुनः परीक्षण गर्दै हाकामाडालाई निर्दोष ठहर गरेको थियो । अदालतले प्रहरीले प्रमाणहरू गलत तरिकाले हेरफेर गरेको बताएको थियो । अदालतका अनुसार उनलाई अभियो स्वीकार्न दबाब दिइएको थयो । तर पछि उनले हत्या अभियोग अस्वीकार गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्षतिपूर्ति रकम जापानमा यस्ता घटनामा दिइएको हालम्मकै बढी हो । तर, हाकामाडाका वकिलले भने उनले भोगेको पीडाको तुलनामा क्षतिपूर्ती रकम पर्याप्त नभएको बताएका छन् ।
दशकौंसम्म मृत्युदण्डको त्रासमा जेलमा बस्नुपर्दा हाकामाडाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको थियो । उनका वकिलले उनलाई ‘वास्तविकताबाट अलग, कल्पनाको दुनियाँमा बाँचिरहेको’ व्यक्ति भनेर वर्णन गरेका छन् ।
हाकामाडा जापानको युद्धपछिको इतिहासमा मृत्युदण्डको फैसला सुनाइएका पाँचौं व्यक्ति हुन् । यसअघि चारैजना निर्दोष प्रमाणित भएका थिए ।
सम्बन्धित खबर
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
सुनिल थापालाई सम्झिँदै प्रियंका चोपडाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु